Nepal

NEPAL

Nepal

टोकियो फुकुशी विश्वविद्यालयका क्याम्पसहरु जापानको शहरी ईलाकाहरु जस्तैः जापानको राजधानी टोकियो (इकेबुकुरो र ओजी), जापानको तेस्रो ठुलो औधोगिक शहर नागोया तथा गुम्मा प्रिफेक्चरको इसेसाकी शहरमा अवस्थित छन्. राजधानी टोकियोबाट ९० मिनेट दुरीमा रहेको इकेसाकी शहरमा बृहत क्षेत्रफल ओगटेको सुन्दर क्याम्पस छ. TUSW ले उच्चस्तरीय शिक्षा प्रदान गर्दछ. यो विश्वविद्यालयबाट दिक्षान्त भएका बिद्यार्थीहरुले जापानको समाजमा नेत्रित्वदायी भूमिका खेलेका छन्. TUSW मा बिदेशी बिद्यार्थीका लागि उच्चस्तरीय जापानी भाषा प्रोग्रामका साथै बिभिन्न स्नातक र स्नातकोत्तर जस्ता प्रोग्रामहरु छन्. हामी धेरै बिदेशी बिद्यार्थीहरुलाई स्वागत गर्न चाहन्छौ. टोकियो फुकुशी विश्वविद्यालयमा बिद्यार्थीहरुले जापानी भाषाका साथै सस्कृतिको अध्ययन गरि समाजका बिभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्नेछ भन्ने हामीले आशा लिएका छौ. TUSW बाट ग्रेजुएट भएपछि जापान र आफ्नो मातृभूमिमापनि ठुलो उपलब्धि हासिल गरोस् भनि कामना गर्दछौ .