Nepal

NEPAL

टोकियो फुकुशी बिश्वबिधालयको रिसर्च स्टुडेन्ट प्रोग्राम


आवेदन डकुमेन्ट डाउनलोड [PDF]

यो प्रोग्राम टोकियो फुकुशी विश्वविधालयमा शिक्षा, समाज कल्याण, चाइल्ड केअर, प्रारम्भिक बाल शिक्षा, मनोविज्ञान जस्ता बिषय अध्ययन गर्न चाहने बिधार्थीहरुका लागि तयार पारिएको कोर्ष हो. यसका साथै जापानी संस्कृतिको जानकारी बढाउन र अध्ययन गर्नका निम्ति आवश्यक पर्ने जापानी भाषामा प्रविणता हासील गर्न समेत उयोगी छ. रिसर्च स्टुडेन्टको समयमा प्राप्त हुने क्रेडिट टोकियो फुकुशी बिश्वबिधालयको ग्रेजुएट तहको नियमित प्रोग्राममा समेत मान्य हुने हुनाले पनि यो प्रोग्राम निकै उयोगी छ.

पोस्ट ग्रेजुअट रिसर्च स्टुडेन्ट प्रोग्राम भनेको के हो ?

यो प्रोग्राम टोकियो फुकुशी विश्वविधालयमा शिक्षा, सामाजिक कल्याण, चाइल्ड केअर, प्रारम्भिक बाल शिक्षा, मनोविज्ञान जस्ता बिषय अध्ययन गर्न चाहने बिधार्थीहरुका लागि तयार पारिएको हो. यसका साथै जापानी संस्कृतिको जानकारी बढाउन र अध्ययन गर्नका निम्ति आवश्यक पर्ने जापानी भाषामा प्रविणता हासील गर्न समेत उयोगी छ. रिसर्च स्टुडेन्टको समयमा प्राप्त गरेको क्रेडिट टोकियो फुकुशी बिश्वबिधालयको ग्रेजुएट तहको नियमित प्रोग्राममा समेत मान्य हुने हुनाले पनि यो प्रोग्राम निकै उयोगी छ .
यो कोर्ष टोकियो फुकुशी युनिभर्सिटीको स्नाकोतर तहमा भर्ना हुनको लागि तयार पारिएको तयारी प्रोग्राम (च्योकोसेई, अनियमित बिधार्थी जस्तै) हो. यसमा भर्ना हुने विधार्थीहरुले भविष्यमा टोकियो फुकुशी युनिभर्सिटीको स्नाकोतर तहको नियमित बिधार्थी हुने सोचले रिसर्च स्टुडेन्टको रुपमा भर्ना हुनेछ.
साधारणतय यो प्रोग्राम एक बर्षको लागि हुनेछ. केहि विधार्थीहरुले तिनीहरुको हाजिरी र शैक्षिक उपलब्धि अनुसार यो प्रोग्राम ६ महिनामा पनि पुरा गर्न सक्नेछ. विधार्थीहरुको जापानी भाषाको प्रविणता र तिनीहरुको शैक्षिक प्रगतिको आधारमा अधिकतममा २ बर्ष सम्म लम्ब्याउन सकिनेछ.
रिसर्च स्टुडेन्ट प्रोग्रामको पाठ्यक्रममा उल्लेखित आवश्यक युनिट अध्ययन गरि, पुरा गरेमा टोकियो फुकुशी बिश्वबिधालयको स्नाकोतर तहको नियमित बिधार्थीको रुपमा भर्ना हुन सक्नेछ.  (विधार्थीहरुले अनिवार्य रुपमा छनौट परीक्षामा सामेल हुनु पर्नेछ. अन्तरिक सिफारिस पत्र पाएको विधार्थीहरुलाई ग्राह्यता दिईनेछ.)
यो प्रोग्राममा रिसर्च स्टुडेन्टको रुपमा क्रेडिट पाएका विधार्थीहरुले टोकियो फुकुशी बिश्वबिधालयको स्नाकोतर तह पुरा गर्दा आवश्यक हुने क्रेडिट जोडिने हुदा, यो प्रोग्राम विधार्थीहरुको लागि निकै नै लाभदायक छ.

रिसर्च स्टुडेन्ट प्रोग्रामको पाठ्यक्रम (परिवर्तन हुन सक्नेछ)

*रिसर्च स्टुडेन्ट सम्बधि इमिग्रेशनको निर्देशन अनुसार विधार्थीहरुले हफ्तामा कम्तिमा १० घण्टाको ऐच्छिक बिषयहरु अध्ययन गर्नु पर्दछ.
* विधार्थीहरुले अध्ययन योजना अनुसार टोकियो फुकुशी युनिभर्सिटीको शैक्षिक सुपरीवेक्षकको मातहतमा रही अध्ययन गर्नेछ.
*अन्तर्राष्ट्रिय रिसर्च विधार्थीहरुले यो प्रोग्राम पुरा गर्नको लागि निर्देशित ऐच्छिक बिषयहरु (तल उल्लेखित) कम्तिमा २० युनिट अध्ययन गर्नु पर्दछ. र अनिवार्य बिषयहरु सबै विधार्थीहरुले.

कोर्ष क्रेडिट
संस्कृति र जापानी भाषा I    २
संस्कृति र जापानी भाषा II    २
*विधार्थीहरुले केहि जापानी भाषाको अतिरिक्त कोर्षहरु पनि अध्ययन गर्नुपर्ने हुन सक्छ. (जापानी लिपि, पठन अभिव्यक्तिको बोध, वाक्य पद्दति, संवाद, रचना, श्रावण अभिव्यक्तिको बोध, ईत्यादी.) विधार्थीहरुको जापानी भाषाको दक्खलतामा भर्न पर्नेछ..
सोसल वर्क, बिजिनेस म्यानेजमेन्ट मेजर क्लिनिकल मनोविज्ञान मेजर   प्रारम्भिक बाल्यकाल केयर मेजर शिक्षा मेजर


भर्नाको लागि योग्यता (१ र २ दुवै पुरा गर्नु पर्नेछ)

भर्ना अवधि

२०१९ अप्रिल सेसन: २०१८ सेप्टेम्बर १ देखि २०१८ नोवेम्बर १६ सम्म
२०१९ अक्टोबर सेसन: २०१९ अप्रिल १५ देखि २०१९ जुन १५ सम्म


भर्ना प्रकिया

1) प्रवेश परीक्षा शुल्क तिरी, भर्ना सम्बधि सबै डकुमेन्ट तयार गरि तल उल्लेखित ठेगानामा पठाउनुहोस्.
2) अन्तर्वार्ताको मिति निश्चित गर्नुहोस्. डकुमेन्ट बुझाए पछी व्यक्तिगत अन्तर्वार्ता परीक्षा दिने ठाउँ र मिति निश्चित गर्नु होस्.
3) परिक्षामा पास भएका सम्पूर्ण निवेदकहरुको योग्यता प्रमाण पत्रका निम्ति जापानको इमिग्रेशन ब्युरोमा आवेदन गरिनेछ.
4) इमिग्रेशन ब्युरोबाट योग्यता प्रमाण पत्र प्राप्त गरिसके पछि योग्य निवेदकले निर्दिस्ट बैंक खातामा शैक्षिक शुल्क बुझाउनुपर्ने छ
5) अध्ययन शुल्क तिरेको निश्चित भएपछि विश्वविधालयबाट COE प्रमाण पत्र र भर्ना प्रमाण पत्र पठाइने छ. त्यसपश्चात निवेदकले बिधार्थी भिसाको लागि पक्रिया अगाडी बढाउन सक्छ 

<पत्राचार ठेगाना>

Tokyo University of Social Welfare
Oji campus
3-23-11, Horifune, Kita-ku, Tokyo 114-0004
TEL:+81-3-5960-7426  FAX: +81-3-3981-2533
Mail: ryu-hojin@ad.tokyo-fukushi.ac.jp

Nagoya campus
2-6-10, Marunouchi, Naka-ku, Nagoya, Aichi Pref. 460-0002
TEL: +81-52-684-6000  FAX: +81-52-684-6001
Mail: nyugaku-nago@ad.tokyo-fukushi.ac.jp


आवेदन डकुमेन्ट

1

आबेदन फारम

 फारम निवेदक आफैले भर्नु पर्ने छ

2

बायो डाटा

 फारम निवेदक आफैले भर्नु पर्ने छ

3

स्वस्थ्य रेकर्ड

सैधान्तिक रुपमा फारममा स्वास्थ्य रेकर्ड भर्नु पर्ने छ र सो रेकर्ड आधिकारिक स्वास्थ्य संस्थाले जारी गरे पछी ३ महिना ननाघेको हुनुपर्ने छ    
हाम्रो युनिभर्सिटीको आधिकारिक फारम पेश गर्न कठिन भएको खण्डमा (आधिकारिक फारम जस्तै गरि भरिएको) आधिकारिक स्वास्थ्य  संस्थाको फारमपनि स्वीकार्य हुनेछ. नेपाल र भियतनामका निवेदक हरुले स्वास्थ्य रेकर्ड, छातीको एक्सरे फोटो र सो सम्बन्धि भरिएको स्वास्थ्य रेकर्ड पेश गर्नु पर्ने छ यसका साथै अरु देशका निवेदकहरुले  फोटो समेत पेश गर्नुपर्ने हुनसक्छ

4

शैक्षिक ट्रान्सक्रिप्ट

शैक्षिक ट्रान्सक्रिप्ट निवेदकको सिनियर हाई स्कुल र अन्तिम पटक सहभागी भएको कलेज   (कुनै).

5

उत्रिण प्रमाण पत्र अथवा ओरिजिनल डिप्लोमा

सिनियर हाई स्कुल उत्रिण गरेको प्रमाण पत्र र निवेदक अन्तिम पटक सहभागी भएको कलेज (कुनै). निवेदक हाल सम्मपनि कलेजमा सहभागी भएको खण्डमा सो कलेजबाट उत्रिण अपेक्षित मिति सहित को पत्र. निवेदक चिनबाट भएको खण्डमा, ओरिजिनल डिप्लोमा ..

6

जापानीज भाषामा प्रविणता प्रमाण पत्र
(जापानीज भाषा अध्ययनको प्रमाण पत्र)

फारम आफ्नो देशमा पढेको जापानी भाषाको प्रमाण पत्रमा अध्ययन गरेको अवधि र घण्टा उल्लेख भएको हुनु पर्छ
जापानी भाषा सम्बन्धि कुनै परिक्षा या JLPT को  नतिजा र प्राप्तांक समावेश गर्नु पर्नेछ
* जापानी भाषा पढेको समय १५० घण्टा वा सो भन्दा बढी हुनुपर्ने छ
*यदि जापानी भाषा परिक्षाको सर्टिफिकेट् प्राप्त नगरेको खण्डमा परिक्षा प्रवेश पत्रको फोटो कपी समावेश गर्नु पर्ने छ  

7

आर्थिक सपोर्टको प्रमाण पत्र

फारम स्पोन्सर आफैले भर्नु पर्ने छ .

8

फोटो (५ प्रति)

फोटो ४x३ cm.को ५ प्रति आवश्यक छ. फोटोको पछाडी निवेदकको नाम र देश लेख्नु पर्ने छ जस मध्ये एउटा आबेदन फारममा टास्नु पर्दछ. निवेदकको फोटो टोपी नलगाई, पुरा अनुहार देखिने, ब्याकग्राउन्ड विहिन र स्पष्ट हुनुपर्ने छ. फोटो आबेदन गर्नु भन्दा ३ महिना भित्र खिचिएको हुनुपर्ने छ . कम्प्युटरबाट प्रिन्ट गरिएको फोटो लाई मान्यता दिईने छैन .

9

पासपोर्टको फोटो कपि

निवेदकको पासपोर्टको सबै पेजहरुको फोटो कपि, खालि पेज समेत र प्रत्येक पेज A4 साइजमा कपी गर्नु पर्ने छ .

10

रोजगारीको प्रमाण पत्र

आफ्नो देशमा निवेदक रोजगार रहेको वा हाल सम्म पनि रोजगारी मा रहेको खण्डमा मात्र

11

ग्यारेन्टी पत्र

 फारम  ग्यारेन्टरले भर्नु पर्ने छ .

12

परिवार दर्ताको प्रतिलिपि

निवेदक चाईनाबाट भएको खण्डमा परिवारका सबै सदस्यहरुको परिवार दर्ता प्रमाणपत्रको प्रतिलिपि समावेश गर्नु पर्ने छ . तत्काल जारी गरिएको हुनुपर्ने छ .
अन्य देश का निवेदक का लागी जन्म दर्ता प्रमाण पत्र आवश्यक छ .


<स्पोन्सरले पेश गर्नुपर्ने कागजपत्र >
1)निवेदक स्वयं स्पोन्सर भएको खण्डम

1

बैंक स्टेटमेन्ट

बैंकिंग बिभागबाट जारी गरिएको हुनुपर्ने छ. निवेदकको नाममा पर्याप्त रकम देखाउनु पर्छ

2

रोजगारीको प्रमाण पत्र

निवेदकले काम गरेको ठाउँबाट जारी गरिएको जसमा कामको प्रकृति, तह, काम गरेको अवधि समेत उल्लेख गर्नु पर्छ

3

आम्दानी प्रमाण पत्र  
(३ वर्षको)

निवेदकले काम गरेको ठाउँबाट जारी गरिएको र जसमा निवेदकको बार्षिक आम्दानी उल्लेख गरिएको हुनुपर्ने छ .

4

छात्रवृतिको  प्रमाण

निवेदकले छात्रवृति प्राप्त गरेको खण्डमा छात्रवृति प्रदान गर्ने स्पोन्सर को नाम, छात्रवृतिको रकम, प्राप्त गर्ने अवधि समेत उल्लेख गर्नु पर्छ . छात्रवृतिको बारेमा बिस्तृत जानकारी प्रदान गर्ने भौचर जस्ता कुराहरु समावेश गर्नु पर्ने छ

 

2) जापानमा बसोबास गर्ने स्पोन्सरले निवेदकलाई आर्थिक सहयोग गरिदिने भएमा
1

स्पोन्सरको रोजगारीको
प्रमाण पत्र

स्पोन्सर म्यानेजर /कार्यकारी निर्देशक /कम्पनि मालिक वा मालिक जस्ता तहमा रहेको खण्डमा रोजगारी प्रमाण पत्रको सट्टामा कम्पनी दर्ताको सरकारी प्रमाण पत्र पेश गर्नु पर्दछ.
स्पोन्सर स्वरोजगार भएको खण्डमा आयकर तिरेको प्रमाणपत्र को प्रतिलिपि पेश गर्नु पर्नेछ ..

2

स्पोन्सरले आयकर तिरेको प्रमाण पत्र            (तिन वर्षको)

स्पोन्सरको जम्मा बार्षिक आम्दानी उल्लेख गरि गाउँ, नगरपालिका, वार्ड वा आयकर अफिसबाट जारि गरिएको हुनुपर्ने छ.
कर नतिरेको रसिद स्वीकार गरिने छैन .

3

स्पोन्सरको निवास प्रमाण पत्र

स्पोन्सरको निवास प्रमाण पत्रमा घर परिवारको सम्पूर्ण सदस्यको नाम उल्लेख भएको हुनु पर्छ. स्पोन्सर गैर-जापानी भएको खण्डमा स्पोन्सरको घर परिवारमा बस्ने सबैको नाम समावेश गर्नुपर्ने छ र जाइर्यु कार्डको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने छ .

4

स्पोन्सरको छाप प्रमाणिकरणको प्रमाण पत्र

आर्थिक सपोर्टको प्रमाण पत्रमा यो प्रमाण पत्रको जस्तै छाप प्रयोग गर्नुपर्ने छ .

5

बैंक स्टेटमेन्ट

स्पोन्सरको नामको बैंक स्टेटमेन्ट समावेश गर्नुपर्ने छ

6

स्पोन्सर र निवेदकको नाता प्रमाणित हुने कागजपत्र

पारिवारिक सदस्य, नातेदार या सम्बन्ध प्रमाणित हुने कागजपत्र पेश गर्नुपर्ने छ.


3) जापान बाहिरबाट रेमिटेन्स मार्फत आर्थिक सपोर्ट गरिने निवेदक भएको खण्डमा
1

रोजगारीको प्रमाण पत्र

स्पोन्सरले काम गरेको फर्म या संस्थाबाट जारि गरिएको पद र कार्य अवधि उल्लेख गरिनु पर्ने छ.  
स्पोन्सर म्यानेजर /कार्यकारी निर्देशक /कम्पनि मालिक वा मालिक जस्ता तहमा रहेको खण्डमा रोजगारी प्रमाण पत्रको सट्टामा कम्पनी दर्ताको सरकारी ट्रान्सक्रिप्ट पेश गर्नु पर्छ

2

स्पोन्सरको आम्दानी  विवरण (३ वर्षको)

स्पोन्सरले काम गरेको फर्मबाट जारि गरिएको हुनुपर्ने छ जसमा बार्षिक आम्दानी उल्लेख गर्नुपर्ने छ.

3

बैंक विवरण

स्पोन्सरको नाममा पर्याप्त रकम भएको र बैंकिंग सँस्था मार्फत जारि गरिएको हुनुपर्ने छ.
चीनबाट रेमिटेन्स गरिने खण्डमा बचत खाताको प्रतिलिपि समेत समावेश गर्नुपर्ने छ.

4

निवेदक र स्पोन्सरको सम्बन्ध प्रमाणित हुने कागजपत्र  (जस्तै – जन्म दर्ता, परिवार दर्ता आदि)

जस्तै; जापानी पारिवारिक रजिस्टर वा रेसिडेन्स प्रमाण, स्पोन्सरको घर परिवारको नाम वा जन्म दर्ता
चीनको हकमा, आधिकारिक नोटरी पब्लिकबाट सम्बन्धको बारेमा ब्याख्या गरिएको हुनुपर्ने छ.

* निवेदकको खर्च ब्योहर्नको लागि बैंक खातामा पर्याप्त रकम हुनु पर्दछ.
* नोट: हाल जापानमा स्टुडेन्टको रुपमा अबैध निवासी र अबैध कामदार बृहत रुपमा भित्रिएको हुदा, जापान इमिग्रेशनले स्टुडेन्ट भिजाको लागि पेश गरेको निवेदकको डकुमेन्ट कडाईका साथ अनुसन्धान गर्ने गरेको छ. त्यसैले इमिग्रेशनले केहि विधार्थीहरु जो जापानको इमिग्रेशन नियम उल्लंघन गर्ने देशको धेरै व्यक्ति भएको विधार्थीहरुलाई केहि थप डकुमेन्ट माग्ने गरेको छ.


प्रवेश परीक्षाको प्रकिया

अन्तर्वार्ता


आबेदन शुल्क र निर्दिस्ट बैंक खात

(1) प्रवेश परीक्षा शुल्क: 35,000 जापानी येन
* शुल्क निवेदकले आफ्नै जिम्मामा तिर्नु पर्दछ. एक पटक तिरी सकेको शुल्क कुनै पनि हालतमा फिर्ता हुने छैन.
* प्रवेश परीक्षा निवेदकलाई जानकारी गराएको मिति, समय र ठाउँमा गरिनेछ.
<स्नातक तह रिसर्च स्टुडेन्ट>

तिर्ने बिधि स्नातक तह रिसर्च स्टुडेन्ट
भर्ना शुल्क 100,000- - येन
छुट (एकै पटकमा तिरेमा) -30,000-- येन
शिक्षण शुल्क 460,000-- येन
सुबिधा शुल्क 80,000-- येन
अन्य शुल्क 60,000- - येन
जम्मा 670,000- - येन
* कृपया बैंक रेमिटेन्स चार्ज आँफैले भुक्तान गर्नु होला. खासगरी जापान बाहिरबाट बैंक रेमिटेन्स गर्ने निवेदकहरुले आफ्नो देशको बैंक रेमिटेन्स चार्ज र जापानी बैंकको रेमिटेन्स चार्ज दुवै तिर्नुपर्ने छ.
*माथि उल्लेख गरिएको शुल्क भर्ना प्रमाण पत्र र योग्यताको प्रमाण पत्र COE जारि गरिएको एक हप्ता भित्र भुक्तानी गर्नुपर्ने छ. जुन प्रमाण पत्रहरु सफल निवेदकहरुलाई टोकियो फुकुशि विश्वबिधालय बाट इ एम एस (EMS) मार्फत पठाइने छ
* माथि उल्लेखित शुल्कका साथै थप पाठ्यपुस्तक शुल्क लगभग २०,००० येन (इकेबुकुरो र इसेसकी क्याम्पसमा भर्ना हुने बिधार्थीहरुको हकमा पाठ्यपुस्तक शुल्क पहिलो वर्षको शैक्षिक शुल्कमा समावेश गरिएको छ) र बिश्वबिधालयमा भर्ना भइसकेपछि राष्ट्रिय स्वास्थ बिमाको लागि लगभग ११,००० येन तिर्नुपर्ने छ


निर्दिस्ट बैंक खाता

इकेबुकुरो र इसेसकी क्याम्पसमा आबेदन गर्नेहरुको लागि

बैंक

शाखा (नम्बर)

स्विफ्ट   नम्बर  .

खाता नम्बर

खाता वाला

मिजुहो बैंक

इकेबुकुरो शाखा
(230)

MHCBJPJT

बचत खाता  2027852

गाक्को होजिन च्याया सिरोजिरो किनेन गाकुएन

नागोया क्याम्पसमा आबेदन गर्नेहरुको लागि
बैंक

शाखा (नम्बर)

स्विफ्ट कोड.

खाता नम्बर

खाता वाला

मिजुहो बैंक

नागोया शाखा

MHBKJPJT

बचत खाता  2588523

गाक्को होजिन च्याया सिरोजिरो किनेन गाकुएन


विस्तृत जानकारीको लागि तलको ठेगानामा सम्पर्क गर्नुहोस

Tokyo University of Social Welfare
Oji campus
3-23-11, Horifune, Kita-ku, Tokyo 114-0004
TEL:+81-3-5960-7426  FAX: +81-3-3981-2533
Mail: ryu-hojin@ad.tokyo-fukushi.ac.jp

Nagoya campus
2-6-10, Marunouchi, Naka-ku, Nagoya, Aichi Pref. 460-0002
TEL: +81-52-684-6000  FAX: +81-52-684-6001
Mail: nyugaku-nago@ad.tokyo-fukushi.ac.jp