Nepal

NEPAL

जापानि भाषा प्रोग्राम, टोकियो फुकुशी बिश्वबिधालय


निबेदनका लागि डकुमेन्ट डाउनलोड[PDF]

जापानि भाषा प्रोग्राम

भर्ना हुने मिति

दुई वर्ष, अप्रिल / अक्टोबर सेसन भर


क्याम्पसहरु

इकेबुकुरो क्याम्पस, नागोया क्याम्पस


प्रोग्रामका बिशेषताहरु

जापानि भाषा प्रोग्राम भनेको बिशेषगरी अन्तर्राष्ट्रिय बिधार्थीहरु टोकियो फुकुशी बिश्वबिधालयको नियमित बिधार्थी बन्नका लागि तयार पारिएको जापानि भाषाको प्रारम्भिक कोर्स हो. बिधार्थीहरुले जापानि भाषामा बिशेषगरि लेखन र पढ्नमा प्रविणता हासिल गर्ने अपेक्षा गरिएको छ, जुन जापानको बिश्वबिधालयमा अध्ययनका लागि आबश्यक हुनेछ. यो प्रोग्रामले बिधार्थीहरुलाई तिनीहरुको विचार-क्षमंता गहन बनाउनका साथै जापानको सामाजिक, औधोगिक, सास्कृतिक घटनाहरु गहिरो रुपमा बुझ्ने अवसर प्रदान गर्नेछ. यो प्रोग्रामका बार्षिक दुई शैक्षिक सत्रहरु छन् र बसन्त (स्प्रिंग) र ग्रिष्म (अटम) गरि बर्षमा २ पटक अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भर्ना लिईन्छ. हाम्रा अनुभवी शिक्षकहरुले अन्तर्राष्ट्रिय बिधार्थीहरुको जापानि भाषाको क्षमताका आधारमा आपसी छलफल तथा अन्तरक्रियात्मक पद्दति अन्तर्गत कक्षाहरु सन्चालन गर्नु हुनेछ.

भर्ना सम्बन्धि जानकारी

निबेदनका लागि आवश्यक योग्यता

(1) १२ वर्ष वा सो भन्दा बढीको औपचारिक शिक्षा हासिल गरेको बिधार्थी. आफ्नो देशको कलेज /बिश्वबिधालयमा भर्ना हुन योग्य बिधार्थी अथवा टोकियो फुकुशी बिश्वबिधालयले शैक्षिक क्षमता भएको स्वीकार गरेको अवस्था भएमा .

(2) जसको जापनिज भाषा परिक्षा JLPT को N5 तह वा सो भन्दा माथिको तह अथवा J-cert को B कोर्स आधारभूत तह वा सो भन्दा माथिको तह अथवा J–TEST को F तह वा सो भन्दा माथिको तह अथवा जापानी इमिग्रेशन ब्यूरोले मान्यता दिएको जापानी भाषा परीक्षण पास गरेको बिधार्थी (N5 स्तर).


आबेदन प्रक्रिया

(1) प्रवेश परिक्षा शुल्क तिरी बिश्वबिधालय भर्ना संग सम्बन्धित कागजपत्र तयार गरि तल दिएको ठेगानामा पठाउनु होस् .
(2)आबेदन गरिसकेपछि अन्तरवार्ताका लागी मिति निश्चित गर्नुहोस
(3) सबै आवेदकहरुलाई उसले परिक्षा पास गरेको छ कि छैन भन्ने थाहा दिनेछौ. हामिले योग्यता प्रमाण पत्र COE का लागी जापानको अध्यागमन ब्युरोमा आबेदन गर्ने छौ .
(4)अध्यागमन ब्युरोबाट योग्यता प्रमाण पत्र COE का लागि छनौट भए पछि तोकीएको बैंक खातामा शिक्षण शुल्क बुझाउनुपर्ने छ .
(5) शुल्क प्राप्त गरेको निश्चित भइसकेपछि आवेदकलाई COE प्रमाण पत्र र भर्ना प्रमाण पत्र पठाइने छ र आवेदकले बिधार्थी भिसाको लागि आबश्यक प्रक्रिया अगाडी बढाउन सनेक्छ

<पत्राचार को ठेगाना >
ओजि क्याम्पस
3-23-11, होरिहुने, किता कु, टोकियो पोस्ट बक्स. 114-0004
फोन:+81-3-5960-7426 फयाक्स:+81-3-3981-2533
मेल:ryu-hojin@ad.tokyo-fukushi.ac.jp

नागोया क्याम्पस
2-6-10, मारुनोउचि, नाका कु, नागोया, आइची प्रिफेक्चर पोस्ट बक्स. 460-0002
फोन:+81-52-684-6000 फयाक्स:+81-52-684-6001
मेल:nyugaku-nago@ad.tokyo-fukushi.ac.jp


आबेदन का सामग

1

आबेदन फारम

निर्धारित फारम आवेदकले भर्नु पर्ने छ

2

बायो डाटा

निर्धारित फारम आवेदकले भर्नु पर्ने छ

3

स्वस्थ्य रेकर्ड

सैधान्तिक रुपमा निर्धारित फारममा स्वास्थ्य रेकर्ड भर्नु पर्ने छ र सो रेकर्ड आधिकारिक स्वास्थ्य संस्थाले ३ महिना भित्रमा भरिएको  हुनुपर्ने छ  
हाम्रो युनिभर्सिटीको आधिकारिक फारम पेश गर्न कठिन भएको खण्डमा (आधिकारिक फारम जस्तै गरि भरिएको) आधिकारिक स्वास्थ्य  संस्थाको फारमपनि स्वीकार्य हुनेछ. नेपाल र भियतनामका आवेदक हरुले स्वास्थ्य रेकर्ड, छातीको एक्सरे फोटो र सो सम्बन्धि भरिएको स्वास्थ्य रेकर्ड पेश गर्नु पर्ने छ यसका साथै अरु देशका आवेदकहरुको लागि फोटो समेत पेश गर्नुपर्ने हुनसक्छ

4

शैक्षिक ट्रान्सक्रिप्ट

शैक्षिक ट्रान्सक्रिप्ट आवेदकको सिनियर हाई स्कुल र अन्तिम पटक सहभागी भएको कलेज   (कुनै).

5

उत्रिण प्रमाण पत्र अथवा ओरिजिनल डिप्लोमा

सिनियर हाई स्कुल उत्रिण गरेको प्रमाण पत्र र आवेदक अन्तिम सहभागी भएको कलेज (कुनै). आवेदक हाल सम्मपनि कलेजमा सहभागी भएको खण्डमा सो कलेजबाट उत्रिण अपेक्षित मिति सहित को पत्र. आवेदक चिनबाट भएको खण्डमा, ओरिजिनल डिप्लोमा ..

6

जापानिज भाषामा प्रविणता प्रमाण पत्र
(जापानिज भाषा अध्ययनको प्रमाण पत्र)

निर्धारित फारम आफ्नो देशमा पढेको जापानि भाषाको प्रमाण पत्रमा अध्ययन गरेको अवधि र घण्टा उल्लेख भएको हुनु पर्छ
जापानि भाषा सम्बन्धि कुनै परिक्षा या JLPT को नतिजा र प्राप्तांक समावेश गर्नु पर्नेछ (*नोट)

7

आर्थिक सपोर्टको प्रमाण पत्र

निर्धारित फारम, स्पोन्सरले भर्नु पर्ने छ .

8

फोटो (५ प्रति)

प्रत्येक ४x३ cm.को ५ प्रति फोटो आवश्यक छ. फोटोको पछाडी आवेदकको नाम र जन्म मिति लेख्नु पर्ने छ जस मध्ये एउटा आबेदन फारम मा टास्नु पर्दछ. आवेदकको फोटो टोपी नलगाई, पुरा अनुहार देखिने, ब्याकग्राउन्ड विहिन र स्पष्ट हुनुपर्ने छ. फोटो आबेदन गर्नु भन्दा ३ महिना भित्रको हुनुपर्ने छ . कम्प्युटरबाट प्रिन्ट गरिएको फोटो लाई मान्यता दिईने छैन

9

पासपोर्टको फोटो कपि

आवेदकको पासपोर्टको सबै पेजहरुको फोटो कपि, खालि पेज समेत र प्रत्येक पेज A4 साइजमा कपी गर्नु पर्ने छ .

10

रोजगारीको प्रमाण पत्र

आफ्नो देशमा आवेदक रोजगार रहेको वा हाल सम्म पनि रोजगारी मा रहेको खण्डमा मात्र

11

ग्यारेन्टी पत्र

निर्धारित फारम ग्यारेन्टरले भर्नु पर्ने छ .

12 विद्यार्थी शपथ पत् नेपाल र भियतनामका आवेदक हरुले निर्धारित फारम पेश गर्नु पर्ने छ यसका साथै अरु देशका आवेदकहरुले पनि पेश गर्नुपर्ने हुनसक्छ

13

परिवार दर्ताको प्रतिलिपि

आवेदक चाईनाबाट भएको खण्डमा परिवारका सबै सदस्यहरुको परिवार दर्ता प्रमाणपत्रको प्रतिलिपि समावेश गर्नु पर्ने छ . तत्काल जारी गरिएको हुनुपर्ने छ .
अन्य देश का आवेदक का लागी जन्म दर्ता प्रमाण पत्र आवश्यक छ .

14

छात्रवृतिको  प्रमाण

आवेदकले छात्रवृति प्राप्त गरेको खण्डमा छात्रवृति प्रदान गर्ने स्पोन्सर को नाम, छात्रवृतिको रकम, प्राप्त गर्ने अवधि समेत उल्लेख गर्नु पर्छ . छात्रवृतिको बारेमा बिस्तृत जानकारी प्रदान गर्ने भौचर जस्ता कुराहरु समावेश गर्नु पर्ने छ

(*नोट) आवेदकहरूले लिने जापानी भाषा परीक्षण जापानी इमिग्रेशन ब्यूरोले भिसाको योग्यताका रूपमा मान्यता दिएको हुनु पर्नेछ (N5 स्तर)

<स्पोन्सरले पेश गर्नुपर्ने कागजपत्र >
1) आवेदक स्वयं स्पोन्सर भएको खण्डमा

1

बैंक स्टेटमेन्ट

बैंकिंग बिभागबाट जारी गरिएको हुनुपर्ने छ. आवेदकको नाममा पर्याप्त रकम देखाउनु पर्छ

2

रोजगारीको प्रमाण पत्र

आवेदकले काम गरेको ठाउँबाट जारी गरिएको जसमा कामको प्रकृति, तह, काम गरेको अवधि समेत उल्लेख गर्नु पर्छ

3

आम्दानी प्रमाण पत्र
(१ वर्षको)

आवेदकले काम गरेको ठाउँबाट जारी गरिएको र जसमा आवेदकको बार्षिक आम्दानी उल्लेख गरिएको हुनुपर्ने छ .


3) जापान बाहिरबाट रेमिटेन्स मार्फत आर्थिक सपोर्ट गरिने आवेदक भएको खण्डमा
1

स्पोन्सरको रोजगारीको
प्रमाण पत्र

स्पोन्सर म्यानेजर /कार्यकारी निर्देशक /कम्पनि मालिक वा मालिक जस्ता तहमा रहेको खण्डमा रोजगारी प्रमाण पत्रको सट्टामा कम्पनी दर्ताको सरकारी प्रमाण पत्र पेश गर्नु पर्दछ.
स्पोन्सर स्वरोजगार भएको खण्डमा आयकर तिरेको प्रमाणपत्र को प्रतिलिपि पेश गर्नु पर्नेछ ..

2

स्पोन्सरले आयकर तिरेको प्रमाण पत्र  ( १ वर्षको)

स्पोन्सरको जम्मा बार्षिक आम्दानी उल्लेख गरि गाउँ, नगरपालिका, वार्ड वा आयकर अफिसबाट जारि गरिएको हुनुपर्ने छ.
कर नतिरेको रसिद स्वीकार गरिने छैन .

3

स्पोन्सरको निवास प्रमाण पत्र

स्पोन्सरको निवास प्रमाण पत्रमा घर परिवारको सम्पूर्ण सदस्यको नाम उल्लेख भएको हुनु पर्छ. स्पोन्सर गैर-जापानी भएको खण्डमा स्पोन्सरको घर परिवारमा बस्ने सबैको नाम समावेश गर्नुपर्ने छ र जाइर्यु कार्डको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने छ .

4

स्पोन्सरको छाप प्रमाणिकरणको प्रमाण पत्र

आर्थिक सपोर्टको प्रमाण पत्रमा यो प्रमाण पत्रको जस्तै छाप प्रयोग गर्नुपर्ने छ .

5

बैंक स्टेटमेन्ट

स्पोन्सरको नामको बैंक स्टेटमेन्ट समावेश गर्नुपर्ने छ

6

स्पोन्सर र आवेदकको नाता प्रमाणित हुने कागजपत्र

पारिवारिक सदस्य, नातेदार या सम्बन्ध प्रमाणित हुने कागजपत्र पेश गर्नुपर्ने छ.

3) जापान बाहिरबाट रेमिटेन्स मार्फत आर्थिक सपोर्ट गरिने आवेदक भएको खण्डमा

1

रोजगारीको प्रमाण पत्र

स्पोन्सरले काम गरेको फर्म या संस्थाबाट जारि गरिएको पद र कार्य अवधि उल्लेख गरिनु पर्ने छ.  
स्पोन्सर म्यानेजर /कार्यकारी निर्देशक /कम्पनि मालिक वा मालिक जस्ता तहमा रहेको खण्डमा रोजगारी प्रमाण पत्रको सट्टामा कम्पनी दर्ताको सरकारी ट्रान्सक्रिप्ट पेश गर्नु पर्छ

2

स्पोन्सरको आम्दानी  विवरण (१ वर्षको)

स्पोन्सरले काम गरेको फर्मबाट जारि गरिएको हुनुपर्ने छ जसमा बार्षिक आम्दानी उल्लेख गर्नुपर्ने छ .

3

बैंक विवरण

स्पोन्सरको नाममा पर्याप्त रकम भएको र बैंकिंग सँस्था मार्फत जारि गरिएको हुनुपर्ने छ.
चीनबाट रेमिटेन्स गरिने खण्डमा बचत खाताको प्रतिलिपि समेत समावेश गर्नुपर्ने छ.

4

आवेदक र स्पोन्सरको सम्बन्ध प्रमाणित हुने कागजपत्र  (जस्तै – जन्म दर्ता, परिवार दर्ता आदि)

जस्तै; जापानि पारिवारिक रजिस्टर वा रेसिडेन्स प्रमाण, स्पोन्सरको घर परिवारको नाम वा जन्म दर्ता
चीनको हकमा, आधिकारिक नोटरी पब्लिकबाट सम्बन्धको बारेमा ब्याख्या गरिएको हुनुपर्ने छ.

* आवेदकको खर्चलाई सपोर्ट गर्नका लागि बैंक खातामा रहेको रकम पर्याप्त भएको हुनुपर्ने छ
* नोट: आजकल जापानमा बिधार्थीको रुपमा भित्रिएर अबैध बसोबास गर्ने र अबैध काम गर्नेको संख्यामा वृद्धि भएको कारण अध्यागमन ब्युरोले बिधार्थी भिसाका आवेदकहरुले पेश गरेका कागजपत्रहरु निकै कडाईका साथ छानबिन गरिरहेको छ. त्यसकारण, अध्यागमन बिभागको नियमपालन नगर्नेहरुको संख्या बढी भएको देश तथा क्षेत्रका आवेदकहरुले पेश गरेको कागजपत्रमा थप कागजपत्र समेत माग गर्ने गरेको छ.