अन्तर्राष्ट्रिय एक्सचेन्ज
विश्व परिप्रेक्ष्यमा युवाहरुको दृष्टिकोण
टोकियो फुकुशी विश्वविधालयले विश्व परिप्रेक्ष्यमा जवानहरुको व्यक्तित्व निर्माणमा सहयोग गर्ने लक्ष्यका साथ अमेरिका, चीन र कोरियामा अल्पकालीन अध्ययन प्रोग्राम संचालन गर्दछ. यो प्रोग्राम सहभागी हुन चाहने सबै बिधार्थिहरुका लागि खुल्ला छ. संसारको केन्द्र मानिएको अमेरिकाको बसाईमा र विश्वव्यापी स्तरीयताको अनुभब, त्यसैगरी चीनको बसाईमा अचम्मको आर्थिक विकासको अध्ययन, निकट सम्बन्ध रहेको छिमेकि देश कोरियाको बसाईमा बिभिन्न व्यक्तिहरुसंग अन्तरक्रिया र विविध अनुभव गर्ने अवसर प्राप्त हुनेछ. विदेशी संस्कृतिको अनुभवको मध्यमबाट सहभागीहरुले उल्लेखनीय रुपमा तिनीहरुको दृष्टिकोण फराकिलो पार्न सक्षम हुनेछन. सहभागीहरू संसारका प्रख्यात विश्वविधालयहरु जस्तैः हार्वर्ड विश्वविधालय, फोर्डम विश्वविधालय, हाइनान नर्मल विश्वविधालय, शानघाइ नर्मल विश्वविधालय र क्युंदोंग युनिर्भसिटिको होस्टेलमा बस्नेछ. स्थानिय प्रोफेसरहरुबाट लेक्चरको व्यवस्था गर्नुका साथै त्यसलाई जापानिज भाषामा अनुवाद गरिन्छ. सहभागीहरूले विभिन्न समाज कल्याण वा चाइल्ड केअरसंग सम्बन्धित संस्थाहरूको अबलोकन गर्नेछन. बिभिन्न स्थानीय प्रोफेसरहरुको लेक्चरमा उपस्थित हुनुका साथै संस्थाहरू अवलोकनबाट प्राप्त अनुभव मार्फत सहभागीहरू स्वास्थ्य, समाज कल्याण र शिक्षामा बर्तमानमा आवश्यक कामको अध्ययन गर्नुका साथै सैधान्तिक ज्ञान आर्जन तथा समाज कल्याणको अभ्यास गर्न सक्षम हुनेछन. जापानी भाषा बोल्न जान्ने स्थानीय विधार्थीहरुले सबै कार्यक्रममा सहभागीहरुलाई सहयोग गर्ने हुनाले विदेशमा क्याम्पस लाइफको आनन्द प्राप्त गर्न सक्नेछन्. यस अतिरिक्त, टोकियो फुकुशी विश्वविधालयले धेरै अन्तर्राष्ट्रिय विधार्थीहरुलाई भर्ना गर्नुका साथै विदेशको कोर्षहरु पनि संचालन गर्दछ.
संयुक्त राज्य अमेरिकामा समर (ग्रीष्मकालीन) प्रोग्राम
संयुक्त राज्य अमेरिकाका हावर्ड विश्वविधालय र फोर्डम विश्वविधालयमा हेल्थ केअर र समाज कल्याण बिषयको अध्ययन.

ग्रीष्मकालीन प्रोग्राममा सहभागी हुने विधार्थीहरुले हार्वर्ड विश्वविधालय र फोर्डम विश्वविधालयको होस्टेलमा बसेर अमेरिकाको समाज कल्याण बिषयको विशेषज्ञहरु र स्नातक स्कूलको प्राध्यापकहरूबाट प्रदान गरिने बिशेष कक्षाको अध्ययन गर्नेछ र अस्पताल तथा समाज कल्याणसंग सम्बन्धि संस्थाहरुको अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्. संयुक्त राज्य अमेरिकामा समाज कल्याण सम्बन्धी भइरहेको उन्नत सिद्धान्त र अभ्यासमा सहभागी भई विधार्थीहरुले आफ्नो बौद्धिक दृष्टिकोण फराकिलो पार्नुको साथै समाज कल्याणको क्षेत्रमा अनुभव बटुल्न सक्नेछन्, फलस्वरुप उनिहरुले भविष्यमा कल्याण विशेषज्ञहरुको रूपमा काम गर्दा मद्धत मिल्नेछ.


हार्वर्ड विश्वविद्यालय (लगभग 2 हप्ता)

फोर्डम विश्वविधालय (लगभग 2 हप्ता)

दक्षिण कोरियामा अन्तर्राष्ट्रिय आदानप्रदान
दक्षिण कोरियाको उत्तर पूर्वमा अवस्थित सोक्चो शहरको प्रसिद्ध रिसोर्टको परिसरमा रहेको सुन्दर क्याम्पसमा अध्ययन

सोकचो प्रान्तमा अवस्थित गंग्वोन शहर जापानको समुद्र र सोराक-सान पहाडले घेरिएको छ र यो शहर कोरियाका सबै भन्दा लोकप्रिय रिसोर्टको रुपमा लिईन्छ. सहभागीहरु क्युंदोंग विश्वविधालयमा बस्नेछन् जुन सुन्दर क्याम्पस मनोरम बातावरणले घेरिएको छ. जहाँ कोरियाली भाषा सिक्न र कोरियन विधार्थीहरुसँग अन्तरक्रिया गर्नेछ. सहभागीहरूले आठ दिनको बसाईमा सोकोचो र सिओल शहरको दृश्यावलोकनको आनन्द लिन सक्नेछन्.


