टोकियो फुकुशी बिश्वबिधालय ग्रेजुएट तह
शिक्षा संकाय, स्नातकोत्तर तह शिक्षा बिभाग
२ बर्षे कोर्ष
● दिवा कक्षा (इसेसाकी क्याम्पस र नागोया क्याम्पस)
अहिलेको शैक्षिक समाजमा घटिरहेको घटनाहरु समाधान गर्नको लागि, हामीले अन्तर्नुशासनात्मक, बहुपक्षीय दृष्टिकोणबाट त्यसको नजिक पुग्नु जरुरि छ. हामीले शिक्षाको बिशेष क्षेत्र र त्यसको ज्ञान मात्र नभएर शिक्षा क्षेत्रको बृहत विविधताबाट नयाँ ज्ञान र तरिका पत्ता लगाउन र बिकाश गर्नु पर्दछ. बिधालय, परिवार, समाजको बिभिन्न समस्याहरु व्यवस्थित रुपले समाधान गर्नको लागि हाम्रो बिश्वबिधालयको क्लिनिकल शिक्षा, साइक्लजिकल क्लिनिकल, शिक्षा सुचना, अंग्रेजी र अन्तर सस्कृति शिक्षा समावेश भएको क्लिनिकल शिक्षा प्रोग्राम उपयोगी हुनेछ. साथै समर र स्प्रिंग बिदामा बिभिन्न टिचिङ प्राक्टिस एवं केयर अनुभव द्वारा विधार्थीहरुले बिभिन्न सामाजिक अनुभवहरु जस्तैः बालबालिका परामर्श सेन्टर र किशोर बर्गिकरण र स्वयम् सेवक गतिविधि बुझ्न सक्षम हुनेछ र विधार्थीहरुले आफ्नो चरित्र निर्माण गर्ने उद्देश्य लिनेछ. यी अनुभव द्वारा विधार्थीहरुले शिक्षामा बिशेषज्ञको रुपमा बृहत सोच्ने क्षमंता एवं उत्कृष्ट अभ्यास गर्ने सक्ने क्षमताको बिकाश गर्नेछ.
【डिग्री】स्नातकोत्तर तह शिक्षा बिभाग
क्लिनिकल साइकलजी संकाय, स्नातकोत्तर तह क्लिनिकल साइकलजी बिभाग
२ बर्षे कोर्ष
●दिवा कक्षा (इसेसाकी क्याम्पस)
यो प्रोग्रामको उद्देश्य दक्ष विशेषज्ञ उत्पादन गर्नु हो. जो संबेदनशीलताका साथ सचेत भई ग्राहकको आवश्यकताहरु जस्तै जो मानसिक समस्याको शुरुवातको मनोबैज्ञानिक समस्या, समस्याको चाडो भन्दा चाडो पहिचान, र रोकथाम गर्न दक्ष हुनु हुन्छ. यो प्रोग्राममा विधार्थीहरुलाई क्लिनिकल मानसिक मूल्यांकन, मानसिक थेरापी र बिस्तृत रुपमा मानव चरित्रको बनोट बुझ्न सक्ने क्षमता, परामर्श क्षमताको बिकाश गराई अभ्यस्त गराईन्छ. यस बाहेक, विधार्थीहरुले क्लिनिकल मनोचिकित्सक हुनको लागि प्रोफेसर र इन्टर्नशिप संयोजकहरुको अधिक्षणमा रही लामो अवधि अन्तरिक र बाह्य इन्टर्नशिप प्रोग्रामहरुमा लाईसेन्स प्राप्त क्लिनिकल मनोविज्ञानको अध्ययन गर्नेछ.
【डिग्री】 स्नातकोत्तर तह क्लिनिकल साइकलजी
【प्रमाण पत्र】लाईसेन्स प्राप्त क्लिनिकल मनोचिकित्सक
क्लिनिकल साइकलजी संकाय, बिधावारिधि तह क्लिनिकल साइकलजी बिभाग
३ बर्षे कोर्ष
● दिवा कक्षा (इकेबुकुरो क्याम्पस)
टोकियो फुकुशी युनिभर्सिटीको क्लिनिकल साइकलजी बिधावारिधि तह प्रोग्रामको उद्देश्य दक्ष बिशेषज्ञ, पर्यवेक्षक, र शिक्षा बिशेषज्ञ सल्लाहकार र स्नातकोत्तर तहबाट बिधावारिध तह सम्म अध्ययन गर्ने सोच बनाएको बौद्दिक अनुसन्धानकर्ताहरु उत्पादन गर्नु हो.
【डिग्री】 बिधावारिधि क्लिनिकल साइकलजी
समाज कल्याण संकाय, स्नातकोत्तर तह समाज कल्याण बिभाग
२ बर्षे कोर्ष
● रात्री र शनिबार कक्षा (इकेबुकुरो क्याम्पस)
● दिवा कक्षा (नागोया क्याम्पस)
【डिग्री】 स्नातकोत्तर समाज कल्याण 【प्रमाण पत्र】समाज कल्याण बिषयको सिनियर हाई स्कुलमा पढाउने प्रमाण पत्र (जसले सिनियर हाई स्कुलको प्रथम श्रेणीको प्रमाण पत्र प्राप्त गरेको छ)
समाज कल्याण संकाय, बिधावारिधि तह समाज कल्याण बिभाग
३ बर्षे कोर्ष
●दिवा कक्षा (इकेबुकुरो क्याम्पस र इसेसाकी क्याम्पस)
【डिग्री】 बिधावारिधि समाज कल्याण
समाज कल्याण संकाय, स्नातकोत्तर तह चाइल्ड केयर समाज कल्याण बिभाग
२ बर्षे कोर्ष
●रात्री र शनिबार कक्षा (इकेबुकुरो क्याम्पस)
●दिवा कक्षा (इसेसाकी क्याम्पस)
【डिग्री】 स्नातकोत्तर तह चाइल्ड केयर समाज कल्याण
अन्तर्राष्ट्रिय रिसर्च स्टुडेन्ट प्रोग्राम, टोकियो फुकुशी बिश्वबिधालय ग्रेजुएट तह
टोकियो फुकुशी बिश्वबिधालयको रिसर्च स्टुडेन्ट प्रोग्राम त्यस्ता विधार्थीहरुको लागि तयार पारिएको कोर्ष हो जो सोसल वर्क, क्लिनिकल मनोविज्ञान एवं प्रारम्भिक बाल्यकाल केयर र शिक्षा बिषयमा अनुसन्धान गर्न चाहन्छ र साथै विधार्थीहरुले यो कोर्षमा अनुसन्धानको लागि आवश्यक हुने जापानी भाषा संस्कृतिको अध्ययन पनि गर्न सक्दछ. यो कोर्ष पुरा गरे पश्चात टोकियो फुकुशी बिश्वबिधालयको स्नातक तहमा भर्ना हुनु हुनेछ भनि बिश्वास राखेका छौ. मुख्यतः यो एक बर्षिय कोर्ष हो. यधपी विधार्थीहरुले सबै आवश्यक क्रेडिट पुरा गरि, सबै शैक्षिक मापदण्ड पुरा गरेमा ६ महिनामा नै यो कोर्ष पुरा गर्न सक्नेछ. यो कोर्ष अवधि अधितममा २ बर्ष सम्म लम्ब्याउन सकिनेछ.
क्याम्पसहरु
इसेसाकी क्याम्पस, इकेबुकुरो क्याम्पस, इकेबुकुरो क्याम्पस